दफा ३३
बाधा विरोध गर्नेलाई सजाय
(१) कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन रोक्का वा नियन्त्रण सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा वा अनुसन्धान अधिकारीले दिएको आदेश पालना नगरेमा निजलाई अनुसन्धान अधिकारीको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा दुईलाख रुपैया“सम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ ।
(२) परिच्छेद–५ बमोजिम सम्पत्ति लिलाम बिक्री गर्दा वा विभागबाट सम्पादन हुने काम कारवाहीमा बाधा विरोध गर्नेलाई विभागको महानिर्देशकले पचास हजार रुपैँयासम्म जरिवाना गर्न सक्नेछ ।